काठमाडौं। सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ । नेपाल समाचारपत्रमा खबर छ ।
सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ ।
सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरु भएको छ ।