काठमाडौँ, २९ माघ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ३५ ओभरमा अल आउट गर्दै विश्व कीर्तिमान बनाएको छ ।
यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ । नेपाली स्पिनरको घातक बलिङकाकारण अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । नेपाल विश्व चर्चित बलर सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीप ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले लिएका थिए । यस्तै सुशन भारीले ४ विकेट लिए ।