काठमाडौं, २९ माघ । नेपालका चर्चित क्रिेकेटर सन्दीप लामिछानले एक दिवसीय क्रिकेटमा पहिलो पटक ६ विकेट लिएका छन् । यसअघि नेपालका सोमपाल कामीले एक दिवसीय क्रिकेटमा ५ विकेट लिएका थिए ।
आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा सन्दीपले आज अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर ६ विकेट लिए । उनले १६ रन खर्चिए । यो विश्व क्रिकेटमा पनि थोरै रनमा पाँच भन्दा बढी विकेट लिने रेकर्ड पनि हो ।