

काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नोे पार्टीले भ्रष्टाचारका विषयमा स्पष्ट घारणा राखेको बताउनुभएको छ ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि बोल्दै प्रवक्ता शर्माले देशमा भइरहेको भ्रष्टाचारकाबारे काँग्रेले स्पष्ट घारणा बनाएको बताउनुभएको हो । ललिता निबासको जग्गा प्रकरणमा काग्रेसले आफ्नो धारणा प्रष्ट पारेको जानकारी दिनुभयो ।
उहाले भ्रष्टा चारको गहिरो छानविन गर्नुपर्ने बताउनुभयो । कुनै राजनीतिक आस्थाका आधारमा सरकारले गलत व्यवहार गर्नु राम्रो नहुने उहाले बताउनुभयो ।