राशिफल फाल्गुन १० बिहीबार (हेर्नुहाेस्)

राशिफल फाल्गुन १० बिहीबार (हेर्नुहाेस्)

-ज्यो.पं. सरोज घिमिरे-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । समय राम्रो रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ कुराकाट्नेहरुको कारण सामान्य चिन्ता बढ्न सक्ला । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । सजग रहनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरुको कुरामा बिशेष ध्यान नदिनु होला । खानपानमा बिशेष ध्यान दिनुहोला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झट पर्न सक्छ । स्वास्थ सम्बन्धि समस्या ले सताउला तथा सामान्य चोट पटकको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ समय मध्यम रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । पराक्रममा बृद्यि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।