देबिका वन्दनाको ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक

देबिका वन्दनाको ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ ।

नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जुर्‍या छ’ गीतको भिडियो सार्वजनिक भएको हो । दीप शाक्य श्रेष्ठको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रपलाई फिचरिङ गरिएको छ ।

अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


देबिका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोता/दर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोता/दर्शकको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन् ।