आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकालाई ३५ रनले हरायो, कुशलले राखे विश्व रेकर्ड

आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकालाई ३५ रनले हरायो, कुशलले राखे विश्व रेकर्ड

काठमाडौं, २५ माघ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।

युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनि विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो ।

नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् । अब नेपालले आइतबार ओमानसँग खेल्नेछ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।