यस्तो बन्यो सौगात र दीयाको ‘मन्त्र’ (टिजर हेर्नुहोस्)

यस्तो बन्यो सौगात र दीयाको ‘मन्त्र’ (टिजर हेर्नुहोस्)

एजेन्सी । भर्सटायल अभिनेता सौगात मल्ल र दीया पुन स्टार चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्दि तामाङ, दीया पुनलाई स्थान दिइएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्रमार्फत सौगात र दीयाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रविराज कार्की सुरेश कार्की, वीर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ वर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिँ गोप्य राखिएको छ ।

भिडियो हेर्नुहोस्