काँग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक ३० मिनेटको लागि स्थगित

काँग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक ३० मिनेटको लागि स्थगित

काठमाडौँ, २४ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।सोहि विषयलाई लिएर बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो ।

शुक्रबार बैठक सुरु हुने बितिकै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाउनुभयो । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उहालेबताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलतर्फ समेत गर्दै उहाले जग्गा फिर्ता गर्छु भनेका कारण केहीलाई उन्मुक्ति दिइएको बताउनुभयो । अख्तियार सरकारको छायाँ बनेको र आफ्नालाई बोक्ने तथा विरोधीलाई ठोक्ने नीति लिएका उहाको आरोप छ ।

सांसद विश्वकर्माले बोलेलगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका थिए ।