वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न काँग्रेसको माग

वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ, २२ माघ । नेपाली काँग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष धामी यही माघ २० गते गैरीगाउँस्थित स्थानीयको भँैसीगोठमा रहस्यमय तवरले मृत अवस्थामा भेटिनुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष धामीको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको गरेको छ ।