काठमाडौं, २२ माघ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज ओमानले नेपाललाई १८ रनले पराजित गरेको छ । आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकेट गुमाउँद १७९ रनमा समेटिन पुग्यो ।
नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारि खेलेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३६ रन बनाउँदा लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेटकिपर विनोद भण्डारीले २६ रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।
शुरुमै ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौं विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । यसैगरी छैटौं विकेटको रुपमा विनोद भण्डारी पेभेलियन फर्किदा सातौं विकेटको रुपमा करण केसी र आठौं विकेटको रुपमा शरद भेषावकर आउट भए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट भए भने अन्ति विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किएका थिए ।
नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न आएका थिए । तर दुवै ब्याट्सम्यान पेभेलियन फर्कि सकेका छन् । टिमको स्कोर ४ रन हुँदा नेपालक कप्तान मल्ल व्यक्तिगत एक रन बनाएर आउट भएका थिए । १२ बल फेस गरेका मल्लले १ रन बनाएका हुन् । चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमायो । दोस्रो विकेटको रुपमा ३ रन बनाएर पारस खड्का आउट भएका हुन् । पारसले १४ बलमा ३ रन बनाएका हुन् ।
दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २०.३ ओभरमा ६६ रन हुँदा दीपेन्द्र आउट भएका हुन् । दीपेन्द्र व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किए । उनले ५७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ शेख पनि धेरै बेर टिक्न सकेनन् । आरिफ ६ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौं विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किएका छन् । नेपालका लागि शरद र विनोद भण्डारीले स्कोर अघि बढाउँदै १०० रन कटाएका थिए । तर ३३.१ ओभरमा नेपालले १६६ रनको स्कोरमा छैटौं विकेट गुमाउन पुग्यो ।
नेपालका सेट भइसकेका ब्याट्सम्यान विनोद आउट हुन पुगे । उनी व्यक्तिगत २६ रनमा आउट भएका हुन् । विनोदले २५ बलमा २ चौका र एक छक्का प्रहार गरे । क्रिजमा आएका करण केसी खाता नै नखोली आउट भएपछि नेपालले १२४ रन हुँदा सातौं विकेट गुमायो । अहिले शरद र सन्दीप लामिछाने क्रिजमा छन् । शरदले ३८ औं ओभरमा अर्धशतक पुरा गरे । शरद भेषवाकर ५५ रन बनाउँदै आउट भएपछि नेपालले आठौं विकेट गुमायो । शरद १०८ बल खेल्दै ५५ रन बनाएर आउट भएका हुन् ।
नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट हुन पुगे । २७ बलमा २८ रन बनाउँदै नेपालको आशा कायमै राखेका सन्दीप आउट भएसँगै खेल हेर्न कीर्तिपुर पुगेका दर्शकहरु पनि निराश भएका थिए । सन्दीपले १ छक्का र तीन चौका प्रहार गरेका थिए । अन्तिम विकेटको रुपमा अविनाश बोहोरा आउट हुँदा नेपालको स्कोर १७९ रन रहेको थियो ।