कोरोना भाइरसः गलत हल्ला र सूचनालाई लिएर सावधान रहन डब्लुएचओको आग्रह

कोरोना भाइरसः गलत हल्ला र सूचनालाई लिएर सावधान रहन डब्लुएचओको आग्रह

एजेन्सी, २२ माघ । विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवेल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ । डब्लुएचओले सूचना जारी गर्दै गलत हल्ला र सूचनालाई लिएर सावधान रहन पनि सबैलाई आग्रह गरेको छ ।

डब्लुएचओका संक्रामक रोगको सामना गर्नका लागि व्यवस्था गर्ने विभागका अध्यक्ष डाक्टर सोफी ब्रायन्डले अहिले सम्म कोरोनाले महामारीको रुप लिएको विषयमा कुनै प्रमाण फेला नपरेका स्पष्ट पार्नुभयो । डाक्टर सोफीका अनुसार जुन मानिसमा यो भाइरस भेटिएको छ उनीहरुले मास्कको प्रयोग गर्नु पर्छ तर, यसले शत प्रतिशत सुरक्षा भने हुँदैन । कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय ९० जनाको मृत्यु भइसकेको छ भने २० हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा १५ सय गम्भिर बिरामी छन् ।