एमसीसी सम्झौताका कतिपय प्रावधानलाई लुकाइएको भीम रावलको आरोप

एमसीसी सम्झौताका कतिपय प्रावधानलाई लुकाइएको भीम रावलको आरोप

काठमाडौँ, २१ माघ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले एमसीसीमा रहेका प्रावधानलाई लुकाइएको आरोप लगाउनुभएको छ ।

देशभक्त जनगणतान्त्रीक मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु लुकाएको र अध्ययनका लागी माग्दा नदिइएको आरोप लगाउनुभएको हो । उहाले धेरैपछिमात्र आफुहले एमसीसीका केहि प्रावधानहरुबारे आफुले थाहा पाएको र यसको विरोधमा बोलेको बताउनुभयो । सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको भन्दै यसबारेमा दुवै देशले स्पष्ट पार्नुपर्ने उहाले दोहराउनुभयो ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले एमसीसी राष्ट्रको हितमा नरहेको बताएका थिए ।