

काठमाडौं, २१ माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेकालागि बोलाइएको छ । आजको बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ ।
सङ्घीय संसद सचिवालयकाअनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
आजैको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चारवटा विधेयक पेश गर्ने तयारी छ । संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची छ ।