काठमाडौं, २० माघ । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो हार व्यहोरेको छ ।
सातदोबाटोमा सोमबार च्यासल युथ क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै मनाङले लिगमा पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । उनले फ्रिकिकबाट गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २(० को सहज जित दिलाए । च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । यस्तै मनाङको अपराजित यात्रामा समेत पूर्ण्विराम लागेको छ । लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । मनाङ लिगको तेस्रो स्थानमा रहेको छ ।
मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ । च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ । खेलमा च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दि म्याच चुनिए । यसअघि सोमबार नै भएको पहिलो खेलमा जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै जीत हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२आँै मिनेटमा गरेको एक गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो ।
यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ । प्रतियोगीता अन्तर्गत मंगलबार एकमात्र खेल दिउसो तीन बजे न्युरोड टिम एनआरटी र फ्रेन्ड्सबीच एन्फा मैदानमा हुनेछ ।