

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमिति” विस्तार भएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाद्वारा २०७६ माघ १६ गते गठित “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गर्नु भएको हो ।
उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) थपिनुभएको छ । त्यसैगरी महामन्त्रीहरुमा दिपक भट्टराई (तनहुँ) उर्मिला थपलिया (धादिङ्ग) प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सीना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) थप गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । साथै उहाँले नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने बताउनुभयो ।
–प्रेस विज्ञप्ति
