बामदेव गौतम नेकपाको उपाध्यक्षमा नियुक्त

बामदेव गौतम नेकपाको उपाध्यक्षमा नियुक्त

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक आइतबार सम्पन्न भएको छ । बैठकले नेता बामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको छ

काठमाडौंमा बसेको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै बिभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको होबैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०७७ को चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले नेता बामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको छ । यस्तै नेपालको सबै वास्तविक भू–भाग समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई विशेष आग्रह गर्ने निर्णय पनि गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न ३ सदस्यीय कार्यदल पनि गठन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक र स्थायी कमिटी सदस्यहरू भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य हुनुहुन्छ । पार्टी पोलिटब्यूरो छिट्टै गठन गर्ने र महाधिवेशनसम्ममा पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।