‘ए’ डिभिजन लिग फुटबलः एपीएफलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग फुटबलः एपीएफलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं, १८ माघ । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।


मछिन्द्रको जितमा विशाल राई ‘बी’ र रञ्जित धिमालले एक एक गोल गर्नुुभयो । एपीएफका रमेश दंगालले एक गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता उल्टाएर मच्छिन्द्रले जित निकालको हो ।