औपचारिक रुपमा बाहिरियाे बेलायत, युरोपेली संघ (इयु) बाट

औपचारिक रुपमा बाहिरियाे बेलायत, युरोपेली संघ (इयु) बाट

एजेन्सी । बेलायत, युरोपेली संघ (इयु)बाट औपचारिक रुपमा बाहिरिएको छ । आज बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताउनुभएको छ ।

उहाँले धेरै मानिसका लागि आशाको एक आश्चर्यजनक क्षण भएको जसको बारेमा उनीहरुले कहिल्यै नसोचेको पनि बताउनुभयो । निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर, प्रधानमन्त्री बोरिस जोन्सनको भनाइ छ ।

उहाँले आफुले सबैको भावनाको कदर गर्ने भन्दै आफ्नो खास जिम्मेबारी देशलाई अघि बढाउने रहेको बताउनुभयो ।