काठमाडौँ, १७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीकाे तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी सभापति देउवाले चीनमा काेराेना भाइरसले भयावह रूप लिदाँ पनि त्यहा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् ।
अन्य मुलुकहरूले आफ्ना नागरिक फर्काइसक्दा पनि सरकारले भने तत्काल स्वदेश फर्काउनु पर्ने अवस्था नरहेकाे भनि बताएकाे भाेलिपल्ट सभापति देउवाले भाइरस फैलिन नदिन युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।
साथै सभापति देउवाले कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे नागरिकलाई सूचित गर्नु पर्ने भन्दै पार्टी संगठनलाई पनि सचेतना फैलाउन निर्देशन दिएका छन् ।