तथ्य नै नबुझी एमसीसीको विरोध गरियाे : अध्यक्ष तिमिल्सिना

तथ्य नै नबुझी एमसीसीको विरोध गरियाे : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १७ माघ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तथ्य नै नबुझी एमसीसीको विरोध गरिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा गैरसरकारी संस्था महासंघ नेपालको २५ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै उहाले अहिले एमसीसीको पक्ष र विपक्षमा भइरहेको तर्क बितर्क तथ्य नै नबुझी भएको बताउनुभएको हो । उहाले बिभिन्न ऐन निर्माणमा पनि खुल्ला बहस हुनुपर्ने जिकिर गर्नुभयो । उहाले कुनै पनि बिधेयकहरुलाई रोक्न नहुने भन्दै सदनमा छलफलका लाागि छोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकार मुलुकको बिकासको बाटोमा अघि बढेको भन्दै जनताको विपरित अघि बढ्न नसक्ने तर्क गर्नुभयो ।

मन्त्री गुरुङले नागरिकको अधिकार स्थापीतका लागि पनि सरकार प्रतिवद्ध रहेको र जनतालाई कुनै झुटो आश्वासन दिन जरुरी नरहेको बताउनुभयो ।