

काठमाडौं, १७ माघ । सत्तारुढ नेकपाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा घर भत्काइएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले छाउगोठका नाममा घर भत्काइएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । उनले सरकार भष्टाचारको अन्त्य सुशासन कायम गर्न केन्द्रीत हुनुपर्नेमा जनताको घर भत्काउन केन्द्रीत भएको बताउनुभयो । भष्टाचारी र काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसकेको तर छाउगोठ भत्काउँदै हिडेको उहाको तर्क छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यस तर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।