तरुण दलले राष्ट्रपतिलाई संविधान उपहार दिँदै

तरुण दलले राष्ट्रपतिलाई संविधान उपहार दिँदै

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान उपहार दिँदै छ ।

राष्ट्रियसभामा तीन सदस्य मनोनित गर्दा राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै तरुण दलले त्यसको विरोधमा राष्ट्रपति भण्डारीलाई बुधबार दिउँसो ३ बजे संविधान उपहार दिन लागेको हो ।

राष्ट्रपति भण्डारीले मंगलबार सरकारले सिफारिस गरेको केही घण्टामै तीनजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

देउवा सरकारले गरेको सिफारिस दुई हप्ता अड्याउने राष्ट्रपतिले ओली सरकारको सिफारिस केही घण्टामै अनुमोदन गरेको तथा यो संविधानमा व्यवस्था भएको नियम विपरित रहेको भन्दै कांग्रेसले विरोध जनाएको छ ।