नेविसंघको अध्यक्षमा ढुंगाना, वैद्य र कुँवर महामन्त्री

नेविसंघको अध्यक्षमा ढुंगाना, वैद्य र कुँवर महामन्त्री

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना मनोनीत हुनुभएको छ ।ढुंगानालाई आज सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गर्नुभएको हो । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार देउवाले मनोज वैद्य, र महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत हुनुभएको छ ।तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ ।

नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ। तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।