स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

विराटनगर, १४ माघ।पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिनुभयो । स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उहाँले बताउनुभयो ।

भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।