एजेन्सी । चीनमा देखिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुगेको छ । चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरसका कारण प्रभावित हुनेको सङ्ख्या ४ हजारभन्दा बढी पुगेको छ ।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस सुरू भएको वुहान सहर र त्यो सहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द गरिएको छ ।
चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र हिजोसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना पुष्टी भएको बीबीसीले जनाएको छ । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।