सभामुख सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुने

सभामुख सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं, १४ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा रिट निवेदकका वकिलले गरेको बहस हिजो नसकिएपछि आज सुनुवाइका लागि सरेको हो ।

रिट निवेदक तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले सभामुखमा निर्वाचित गर्न नहुने भन्दै गत शुक्रबार रिट दायर गर्नुभएको थियो ।

आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि हिजाेका लागि सरेको थियाे । सापकाेटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेकाे छ ।