गायिका राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

गायिका राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरी सम्पर्कमा सोमबार आएकी राउतलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन्।प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो। राउतमाथि अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

माघ १ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।