‘ए’ डिभिजन लिग फुटबलः आजदेखि नवौँ चरणको खेल सुरु हुँदै

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि नवौँ चरणको खेल सुरु हुँदै

काठमाडौं, १३ माघ । ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि नवौं चरणको खेलहरु सुरु हुँदै छ । आज हुने पहिलो खेलमा पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा नेपाल पुलिस माथि एपीएफले जीत निकाल्दै स्पष्ट तीन अङ्क लिने प्रयासमा हुँदा उपाधि होड थप रोमाञ्चक बनाउनका लागि पुलिस पनि तीन अङ्ककै खोजीमा हुने छ । यस्तै आजै हुने अर्को खेलमा मछिन्द्र र थ्रीस्टार आमने सामने हुनेछन् ।

मछिन्द्रले जारी लिगमा एक खेलमा मात्रै पराजय भोगेको छ । गत संस्करणमो पुछारबाट दोस्रो स्थानमा रहेकाले यस वर्ष एक अङ्क घटाउँदा उसको ५ खेलमा जीत र २ खेलमा बराबरीले १६ अङ्क रहेको छ । गत संस्करणको एक अङ्क नै मछिन्द्रमाथि ठूलो पर्ने सम्भावना पनि उत्तिकै रहेको छ । यसैगरी १४ अङ्क जोडेको थ्रीस्टार पनि मछिन्द्रविरुद्ध जीतसहित शीर्ष स्थानको आर्मीसँग अङ्क बराबरी गर्ने लक्ष्यमा हुने छ ।

सोमबारको खेलमा मछिन्द्र विजयी भए शीर्ष स्थानमा २ अङ्कले अग्रता लिने छ भने थ्रीस्टार विजयी भए उपाधि होड झनै रोमाञ्चित हुने छ । मछिन्द्र र थ्रीस्टारबीचको खेलमा दिउँसो ३ बजे रंगशालामा नै हुने छ । आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मी १७ अङ्कसहित शीर्ष स्थानमा छ ।