काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सहमति कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गत शुक्रबार शीर्ष तहमा भएको सहमति अनुमोदनका लागि आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक सुरु हुनेछ । आजको बैठकमा पेश हुने प्रस्ताव र बोल्न चाहाने नेताहरूको अवस्था हेरी बैठक लम्बिने वा छोटिने बारेमा निक्र्यौल हुने छ । गत पुस ११ मा भएको निर्णयलाई परिमार्जनसहित महामन्त्री डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले आजको बैठकमा छलफलका लागि पेश गर्ने तयारी भएको छ ।