दिल्ली, १२ माघ । भारतमा आज ७१ औं गणतन्त्र दिवस मनाइँदैछ । राजधानी नयाँ दिल्लीको राजपथमा आयोजित कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्द परेडमा सहभागि हुनुका साथै भारतको झन्डा फहराउने कार्यक्रम रहेको छ ।
गणतन्त्र दिवसको अवसरमा ब्राजिलका राष्ट्रपति जेयर मेसियस बोल्सुनारोलाई प्रमुख अथितिको रुपमा आमन्त्रण गरिएको छ । गणतन्त्र दिवसको अवसरमा भारतको १६ राज्य, केन्द्र शासित प्रदेश र ६ मन्त्रालयले परेडमा सहभागिता जनाउने छन् । दिवस समारोहलाई ध्यानमा राखि दिल्लीको सुरक्षा व्यवस्थापनि कडा बनाइएको छ ।