

काठमाडौं, ११ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा आज भएको खेलमा आर्मी १० खेलाडीमा सीमित न्यूरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।
यसैबीच संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजभएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा १–० ले विजयी भएको हो ।