चीनमा ‘कोरोना भाइरस’ले मृत्यु हुनेको संख्या ४१ पुग्यो

चीनमा ‘कोरोना भाइरस’ले मृत्यु हुनेको संख्या ४१ पुग्यो

एजेन्सी । चीनमा ‘कोरोनाभाइरस’का कारण थप १५ जनाको मृत्यु भएको छ । यो सँगै हुवान सहरबाट फैलिएको यो नयाँ भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२ सय ८७ जना संक्रमित भेटिएका छन् । हुवेइ सहरमा एकजना चिकित्सककै मृत्यु भएको छ ।

संक्रमण फैलँदै गएपछि लुनार नयाँ वर्षका महत्वपूर्ण समारोहहरु समेत रद्ध गरिएको छ । आवत–जावतमा प्रतिबन्ध लगाइएको सो सहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार शैया क्षमताको अस्पताल निर्माण भइरहेको अधिकारीहरुले जनाएका छन् । यो भाइरसको संक्रमण युरोपमा पनि फैलिएको छ ।

फ्रान्सका तीनजना र अष्ट्रेलियामा एकजना संक्रमित भेटिएका छन् । यसअघि, थाइल्यान्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुईरदुई र ताइनवानमा एकजना संक्रमित भेटिएका छन् । नेपालमा पनि एकजनामा कोरोनाभाइरस भटिएको पुष्टि भएको छ ।