काठमाडौं, १० माघ । शहीद सप्ताह कार्यक्रमअन्तर्गत पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकु पचलीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएकोे थियो । त्यस्तै शुक्रबार नै ललितपुरको पुल्चोकमा रहेको शास्त्रीको शालिकमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीहरुले शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र ल्याउन सफल भएकामा बताएका थिए ।
राणा शासनविरुद्ध लागेको भन्दै शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा र माथेमालाई सिफल उकालोमा बकाइनाको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै श्रेष्ठ र चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो ।
शहीद सप्ताहका बाँकी कार्यक्रममा यही माघ १३ गते सिफलमा शहीद माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा शहीद श्रेष्ठ र चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभा गरिनेछ । त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिने तयारी गरिएको छ ।