काठमाडौँ,१० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ-सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपतिसमक्ष आज उहाँले राजीनामा पेस गर्नुभएको हो । कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न विज्ञ सल्लाहकारबाट राजीनामा दिएको प्याकुरेल बताउनुभएको छ ।
मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते प्याकुरेल राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहनुभएका प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लाग्नुभएका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो ।
द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित सापकोटालाई सभामुख चयन गर्ने निर्णयपछि उनले पदबाट राजीनामा दिएको बुझिएको छ ।