एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनका आठ वटा शहरको आवागमनमा बन्देज लगाइएको छ । कोरोनाको महामारीका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सय भन्दा बढी प्रभावित भएको बताइएको छ ।
नयाँ घातक रोगबाट बच्न एक करोड १० लाख जनसंख्या भएका वुहान शहरका साथै ८५ लाख जनसंख्या भएको ह्वाङ गाङ तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको छ । त्यहाँका बासिन्दालाई अन्यत्र नजान पनि आग्रह गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीन लगायत विभिन्न देशमा श्वासप्रश्वासका बिरामी बढ्दै गएकाले आपतकालीन अवस्थाको घोषणा गरेर रोग नियन्त्रणका उपाय खोज्नुपर्ने जनाएको छ ।