

काठमाडौं, १० माघ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हँुदैछ । पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वर दशरथ रंगशालामा हुनेछ ।
मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ । च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।