ए डिभिजन लिग फुटबल : मछिन्द्रद्वारा पुलिस १–० अन्तरले पराजित

ए डिभिजन लिग फुटबल : मछिन्द्रद्वारा पुलिस  १–० अन्तरले पराजित

काठमाडौं, ८ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा रञ्‍जित धिमालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्‍जितले गोल गरेका थिए । खेलको ५२ औं मिनेटमा रञ्‍जितले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । पुलिसले ८ खेलमा ११ अंक जोडको छ ।

लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत बिहीबार हिमालय शेर्पा र थ्री स्टार तथा जावलाखेल र शसस्त्र प्रहरीको एपिएफबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ ।