

कठमाडौं, ८ माघ । सहिद स्मारक ए डिभिजन लिगमा आठौं चरणको खेल अन्तरगत आज एक खेल हुँदैछ । आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिसले खेल्दैछन् । खेल दशरथ रंगशालामा आज दिउँसो ३ बजे सुरु हुनेछ ।
मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबरी र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ । लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।