

राष्ट्रिय वाणिज्य बैंकको ५४औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशील श्रेष्ठ एवं विभागीय प्रमुखलगायत बैंकका कर्मचारी सहभागी थिए ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कार्यक्रममा वित्तीय समावेशीकरणका लागि वित्तीय साक्षरतामूलक ब्यानर, विविध चेतानामूलक प्लेकार्डमार्फत वित्तीय सचेतनासम्बन्धी प्रचार गरिएको थियो ।
यसैबीच, बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालयपरिसरमा रक्तदान तथा केन्द्रीय कार्यालयपरिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा १ सय २० जनाभन्दा बढीले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकको विभिन्न क्षेत्रीय कार्यालयमा पनि रक्तदान कार्यक्रम सञ्चालन भएका थिए ।