धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले खरीबोटलाई जानकारी दिए ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो । ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शीहरुले तीब्र गतिका कारण दुर्घटना भएको बताएका छन् । करिब एक दर्जन यात्रुसँगै चालक समेत गम्भीर घाइते भएका छन् ।