रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

काठमाडौं, ७ माघ ।  सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा भएको भेटमाा दुईपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा राजकुमारी एस्ट्रिडले नेपालको ऐतिहासिक क्षेत्रको प्रसंसा गर्नुभएको थियो । त्यस्तै रक्षामन्त्री पोखरेलले भिजिट २०२० का बारेमा जानकारी गराउनुभएको थियो । राजकुमारी अस्ट्रिडलाई पोखरेलले

मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स लगाएत थिए ।