काठमाडौं, ६ माघ । मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछि जारी वक्तव्यमा जनाइएको छ।
पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसको बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैँमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’’