काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित पानारोमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ।
४ पुरुष र ४ महिला बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए ।