

काठमाडौं, ७ माघ । सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। प्रतिनिधि सभाको सभामुख पदको निर्बाचनका लागि नेकपाका अग्नीप्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन्।
सापकोटाको प्रस्ताबकमा सुबासचन्द्र नेम्बाङ तथा सकर्थकमा ओनसरी घर्ती, लक्ष्मणलाल कर्ण र देब गुरुङ रहेका छन्।सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।