

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ ।आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो।
आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गरेको हो। उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । माघ ७ गते बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका महन्थ ठाकुरले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ।
