राष्ट्रिय सभा चुनाव अपडेटः मध्यरात १२ बजेदेखि मौन अवधि सुरु

  • 14
    Shares
राष्ट्रिय सभा चुनाव अपडेटः मध्यरात १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं, ६ माघ । आगामी बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज रातिदेखि सुरु हुँदैछ । निर्वाचन आयोगकाअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने छ ।

निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर मत माग्न र चुनाव प्रचारप्रसार लगायत चुनाव, मतदाता र मतदानलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा आगामी बिहीबार चुनाव हुँदैछ । चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।