प्रतिनिधिसभाको बैठक आज बस्दै, नयाँ सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने

  • 13
    Shares
प्रतिनिधिसभाको बैठक आज बस्दै, नयाँ सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ । ४ महिनादेखि सभामुख विहीन रहेको प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको थियो ।

नेकपाले हिजो स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटलाई सभामुखको उम्द्वार बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेसँगै सभामुख चयनको विषय टुंगो लागेको हो ।

यसअघि नेकपाले सभामुखको उम्मेदवार तोक्न नसक्दा संसद् बैठक एक महिनामा चार पटकसम्म स्थगित भएको थियो । सचिवालय बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि सापकोटाको नाम प्रस्ताव गर्नुभएको थियो ।

त्यसअघि दुई अध्यक्षबीच हिजो छललफल भएको थियो । आजको बैठकका लागि नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, विधायन व्यवस्थापन समितिको प्रतिवेदन संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि दफावार छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ ।