अग्नी सापकोटा सभामुखको उम्मेदवारः नेकपा

  • 13
    Shares
अग्नी सापकोटा सभामुखको उम्मेदवारः नेकपा

काठमाडौं, ५ माघ । नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि बसेको नेकपा सतिवालय बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय अनुमोदन गरेको हो ।

प्रधानमन्त्री निबास बालुवााटारमाा आज बसेको नेकपा सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान पनि करिब दुई घण्टा छलफल भएको थियो ।

दुई अध्यक्षबीचमा यस्तो सहमति भएको भए लगत्तै बसेको बैठकले अन्तिम टुङ्गो सचिवालय बैठकले लगाएको हो । संसद सचिवालयका एक महिला कर्मचारीलाइ बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पुर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसंगै सभामुख पद रिक्त थियो ।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ ।

नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा सभामुख चयनको प्रक्रिया लम्बिएको थियो । उपसभामुख डा. शिबमायाँ तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आउनुभएको बेला नेकपाले सापकोटाको नाम अगाडी सारेको हो । भोली प्रतिनिधिसभा बैठक बस्दै छ । भोलीको बैठकबाटै सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ ।