काठमाडौ, ८ फागुन । राष्ट्रपतिले सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ जनाको नाम स्वीकृत गरेकी छन्। राष्ट्रतपि कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्ति मा राष्ट्रियसभामा ३ जना मनोनित भएको जानकारी दिएका छन्।
राष्ट्रियसभामा सिफारिस भएकाहरुमा रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल रहेका छन्।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने ३ जनाको नाम सिफारिस गरेको थियो।